एन आर एन जस्तै संसारभर छरिएर रहेका म्याग्देलीहरुको
म्याग्दी प्राबशी नेपाली संघ(मोना) Myagdi Overseas Nepalese Association
(MONA)
तदर्स
समितीको
गठन
गैर आबसिय नेपाली संघ (एन आर
एन)को तेस्रो ग्लोबल सम्मेलनको क्रममा संसारभर बाट काठमाडौंमा जम्मा भएका
म्याग्देली हरुले पनि म्याग्दी जिल्ला बाट संसारका बिभिन्न कुना मा पुगेका
म्याग्देलीहरु एकिक्रित भइ म्याग्देली हरुको भावनात्मक सम्बन्धलाई
बलियो बनाउदै संसार भर छरिएर रहेका म्याग्देली हरुको एउटै संजाल
निर्माण गरी एकिक्रित शक्ती पुंजी र शिपको सदुपयोग गरी म्याग्दी जिल्लाको
सामाजिक तथा आर्थिक बिकासको लागि केही टेवा पुर्याउन सकियोस भन्ने उद्देश्य
म्याग्दी प्रबाशी नेपाली संघको (मोना) अन्तरराष्ट्रिय समन्वय
तदर्स समितीको गठन गरेका छन ।

यही कार्तिक २ गते म्याग्दीको सदर
मुकाम बेनी बजारमा म्याग्दीका प्रमुख जिल्ला अधिकारि भरत पौडेलको प्रमुख
आथित्य मोनाको तदर्स समिती म्याग्दीका अध्यक्ष सुबाश श्रेष्ठको अधयक्ष्यता
र म्याग्दीका प्राय सबै प्रमुख ब्यक्तित्वो र आम समुदायको समुपस्थिती मा सम्पन्न
भएको दसैं शुभकामनाआदान प्रदान सहित को ब्यापक भेलाले एन आर एन का निबर्तमान
कोषाध्यक्ष तथा मोना हङ कङ का सल्लाहाकार श्री प्रकाश पुन को संयोजकत्वोमा
मोना बेल्जियमका अध्यक्ष शिव कुमार बरुवाल सचिब रहने गरी एक मोना अन्तरराष्ट्रिय
समानवय परिषदको एक तसर्स समिती गठन गरेको छ । तदर्स समितीका बाँकी
सदस्य हरुमा कार्यक्रमको आयोजनामा सकृया सहभागी न्युजल्यान्ड बाट
सहभगि चक्र थापा , कार्यक्रममा अर्का जापान बाट सहभागी हुनु भएका
तिलक मल्ल, अमेरिका बाट सह भागी हुनु भएका मोहन थापा , त्यस्तै कार्यक्रम
सहभागी मोना हङ कङ का सह - सचिब लोकेश बोगटी रहेका छन भने अन्य सदस्य
हरुमा मोनाको स्थापनामा महत्वो पूर्ण योगदान गर्नु हुने मोना
मोना हङकङ का अध्यक्ष्य तुल्म राज राम्जाली , र बाँकी देश हरुमा बिभिन्न
समयमा मोना गठन को बिषयमा गरिएको छलफल र सहमतीको आधारमा निम्न
माहनुभाबहरु लाई सदस्यको लागि प्रस्तावित गरिएको छ ।
खेम भट्टचन अमेरिका , टिका पुन अमेरिका ; पुरुषोत्तम सुबेदी अमेरिका , पूर्ण
पहाडी मध्य पूर्व , छक्कु उदासि एसिया पसिफिक , ज्ञान बिक युरोप
, घन श्याम शाही युरोप , दल मान पुन युरोप , लक्षमण बोगटी
एसिया पसिफिक रहनु भएको छ भने नेपालको बिशिस्ट प्रतिनिधिको रुप बाट
महाबिर पुन सदस्य रहनु भएको छ । नेपालका अन्य सदस्यहरुमा सुबाश श्रेष्ठ म्याग्दी
, यम श्रेष्ठ काठमाडौं ; घन श्याम खड्का पत्रकार ,बेद बहादुरघत्री काठमाडौं
ठहर बहादुर भण्डारी कानुनी सल्लहाकार , हुनु हुन्छ।
यस् तदर्स समितीको प्रमुख काम भनेको
संसार भर छरिएर रहेका म्याग्देली बिच समन्वय र संपर्क स्थापना गरी
हरेक देशमा म्याग्दी प्राबाशी नेपाली संघ राष्ट्रिय समिती गठन
गर्ने र संसार भरका म्याग्देलीहरुलाई सहभागि गराएर
जती सक्दो छिटो प्रथम ग्लोबल सम्मेलन गर्ने रहने छ ।
यस सम्बन्धी
फोटो र भिडियो सहित को थप समाचारहरु हामी आगामी अंकमा राख्नेछौ हेर्दै गर्नु होला ।