सम्पूर्ण
म्याग्देलीहरुलाई म्याग्दी प्रबासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय समन्वय
परिषद तदर्स समितीको अनुरोध !
आदर्णीय संसार भर छरिएर रहनु भएका म्याग्देली
दाजु भाई दिदी बहिनीहरु,
आज हामी हाम्रा बिभिध कारण ले संसारका कुना कुनामा पुगेका छौ । हाम्रो
एउटा बिशेषता छ हामी जहाँ पुगे पनि हाम्रो जन्मभुमी लाई असाध्य माया गर्दछौ
र हामो जन्मभुमी लाई आफुले सकेको केही सेवा गरौ भन्ने भावना सधैं ओतप्रोत
भइरहेका हुन्छौ । हामीले हाम्रा यि भावाना लाई व्यबहारमा उतार्न हामीले
अनेक प्रयत्न्न गरी रहेका हुन्छौ यसैको उदाहरण स्वोरुप आज म्याग्दीमा कही
स्कुलका साना कोठाहरु, कही स्वास्थ्य चौकी, कही ब्लोड बैन्क त कही हस्पिटलमा
बिरामी कुर्ने भवन निर्माण भएको खबर हामीले सुनी रहेका छौ ।
बिदेशमा रहदा पनि हामी म्याग्देलीहरु
केबल आफ्नो काममा मात्र सिमित नभएर संसारको कुनै देशमा कुनै नेपाली संस्थाको
निर्माण भयो कि त म्याग्देलि को नै नाम अगाडि आउछ ,कही कुनै खेलकुद तथा
सास्क्रित कार्यक्रम भयो कि म्याग्देली हरुको नै नाम आउछ र बिदेश बाट प्रकाशित
हुने नेपाली साहित्यक रचना हरु देखी लिएर बिभिन्न वेब पत्रीका हरु पनि म्याग्देली
हरु बाट नै संचालन भएका छन । त्यसैले हामी म्याग्देली जहाँ रहे पनि आफ्नो
देश आफ्नो समाज लाई केही गरौ भन्ने सामाजिक भावनाले ओतप्रोत भइरहेका
हुन्छौ ।
यो संसारका बिभिन्न कुना बाट उठेका
हाम्रा जन्म भुमी प्रती केही गरौ भन्ने भावनालाई सोच लाई सिगो एउटा
मालामा उनेर लग्यौ भने हाम्रा भावना लाई व्यबहारमा उतार्न अझ सजिलो हुन्छ
।त्यसैले यि हामी सम्पूर्ण संसार भर छरिएर रहे का म्याग्देली हरुको भावना
लाई सोच लाई एकै ठाउमा अटाउने गरी लगभग यहाँ हरु सबै संग सर सल्लाहा
गरी हामीले संसार भर छरिएर रहेका सम्पूर्ण म्याग्देली हरुको एउटै संस्था
एउटै छानो को रुपमा म्याग्दी प्रबाशी नेपाली संघ (मोना) Myagdi
Overseas Nepalese Association (MONA)निर्माणको अबधारणा लाई अगाडि सरेका
हौ ।एक दुई बर्ष पहिला बाट नै सुरु भएको यो अबधारणा अनुरुप केही देश हरु
मा १ बर्ष पहिला नै यस् मोना को राष्ट्रिय समिती गठन पनि भाई सकेको छ ।
गैर आबसिय नेपाली संघ (एन आर एन)को
तेस्रो ग्लोबल सम्मेलनको क्रममा संसारभर बाट काठमाडौंमा म्याग्देलीहरु जम्मा
भएको अबसर छोपि “म्याग्दी जिल्ला बाट संसारका बिभिन्न कुना मा पुगेका
म्याग्देलीहरु एकिक्रित भइ म्याग्देली हरुको भावनात्मक सम्बन्धलाई
बलियो बनाउदै संसार भर छरिएर रहेका म्याग्देली हरुको एउटै संजाल निर्माण
गरी एकिक्रित शक्ती पुंजी र शिपको सदुपयोग गरी म्याग्दी जिल्लाको सामाजिक
तथा आर्थिक बिकासको लागि केही टेवा पुर्याउन सकियोस भन्ने उद्देश्य म्याग्दी
प्रबाशी नेपाली संघको (मोना) अन्तरराष्ट्रिय समन्वय
तदर्स
समितीको गठन गरेका छौ “।
एक बर्ष भित्र संसार भर छरिएर रहेका
म्याग्देली बिच समन्वय र संपर्क स्थापना गरी हरेक देशमा म्याग्दी प्राबाशी
नेपाली संघ राष्ट्रिय समिती गठन गर्ने र संसार भरका म्याग्देलीहरुलाई
सहभागि गराएर जती सक्दो छिटो प्रथम ग्लोबल सम्मेलन गर्ने जिम्माका साथ
गठन भएको यस संस्था को पदाधिकारीहरु निम्न अनुसार छन ।
एन आर एन का निबर्तमान कोषाध्यक्ष तथा
मोना हङ कङ का सल्लाहाकार श्री प्रकाश पुन को संयोजक, मोना बेल्जियमका अध्यक्ष
शिव कुमार बरुवाल सचिब सदस्यहरुमा : कार्यक्रमको आयोजनामा सकृया
सहभागी न्युजल्यान्ड बाट सहभगि चक्र थापा , कार्यक्रममा अर्का जापान बाट
सहभागी हुनु भएका तिलक मल्ल, अमेरिका बाट सह भागी हुनु भएका मोहन थापा ,
त्यस्तै कार्यक्रम सहभागी मोना हङ कङ का सह - सचिब लोकेश बोगटी रहेका छन
भने अन्य सदस्य हरुमा मोनाको स्थापनामा महत्वो पूर्ण योगदान गर्नु हुने
मोना हङकङ का अध्यक्ष्य तुल्म राज राम्जाली , र बाँकी देश हरुमा बिभिन्न
समयमा मोना गठन को बिषयमा गरिएको छलफल र सहमतीको आधारमा निम्न
माहनुभाबहरु लाई सदस्यमा प्रस्तावित गरिएको छ । खेम भट्टचन अमेरिका ,
टिका पुन अमेरिका ; पुरुषोत्तम सुबेदी अमेरिका , पूर्ण पहाडी मध्य पूर्व
, छक्कु उदासि एसिया पसिफिक , ज्ञान बिक युरोप , घन श्याम शाही युरोप
, दल मान पुन युरोप , लक्षमण बोगटी एसिया पसिफिक यसै अनुरोध लाई आधार
मानेर यहाँ हरुले आफ्नो सहमती र सुझाब सहितको ईमेल पठाउनु हुन पनि
अनुरोध गर्दछौ । त्यस्तै मोना का नेपाल स्थित सदस्य हरुमा : सुबाश श्रेष्ठ
म्याग्दी , यम श्रेष्ठ काठमाडौं ; घन श्याम खड्का पत्रकार ,बेद बहादुरघत्री
काठमाडौं ठहर बहादुर भण्डारी कानुनी सल्लहाकार , हुनु हुन्छ ।

साथै
यस मोनाको अन्तरराष्ट्रिय संजाललाई अझ ब्यापक र संसारभर छरिएक हरेक म्याग्देली
सम्म पुर्याउने हाम्रो उद्देश्य भएकोले देश, आवश्यकता र यहाँ हरुको इच्छा
अनुसार यस मोनाको अन्तरराष्ट्रिय समितीमा सदस्य हरु थप्दै जाने भएकोले
यदी यहाँ हरु पनि यस संस्थामा सहभागी हुन चाहनु हुन्छ भने मोनाको
सचिबालयको इमेल
mona_icc@yahoo.com वा यस वेब
साइटको ईमेल वा सम्बिन्धित क्षेत्रको मोनाका सदस्य हरु लाई संपर्क गर्नु
हुन अनुरोध गर्दछौ ।
हाम्रो यस संसार भर छरिएर
रहेका म्याग्देलीहरु लाई एउटै संस्था मोनामा एकिक्रित गर्दै हामीले प्रबाशमा
आर्जन गरेको सिप पुंजी र अनुभब लाई म्याग्दी जिल्लाको बिकासमा लगानी गर्ने
हाम्रो यस उदेश्य अनुरुप म्याग्दीका सम्पूर्ण बुद्धी जिबी समाज सेवी
राजनीतिक कर्मी र म्याग्ग्दी बाहिर नेपाल मा नै काठमाडौं, पोखरा, चितवन
जस्ता ठाउँमा बसाइ सराइ गरेका म्याग्देलीहरुले पनि यस सस्था लाई पूर्ण
सहयोग र समर्थन गर्ने प्रतिबद्दता जाहेर गरेका छन । हाम्रो यस सस्था को
अर्को सबल पक्ष के भने हामी हरुजस्तै प्रबाश अमेरिकामा अध्ययनको क्रममा
लामो समय रहेर सबैलाई उदाहरण दिदै म्याग्दी जिल्लामा नै फर्केर जिल्लामा
गेरको बिभिन्न समाज सेवी काम ले रोमन म्यागेसेगे पुरस्कार समेत पाउनु
भएका माहाबिर पुनले पनि हाम्रो संस्था लाई पूर्ण रुपले सहयोग गर्दै
नेपालको सम्पूर्ण जिम्मेवारि हेरी दिने प्रती बद्दता ब्यक्त गर्नु भएको छ
।
यसरी म्याग्दीको लागि र म्याग्देली
बाट भन्ने मुल नारा का साथ अगाडि बढेको यस संस्था लाई संसार भरका म्याग्देलीको
साझा संस्था बनाएर लैजानु हामी सम्पूर्ण म्याग्देली हरु को कर्तब्य हुन
आइरहेको छ ।
यस सस्थाको मुल केन्द्र भनेको म्याग्दी
भएको यस्लाई बैधानिक रुपले अगाडि बढाउनको लागि म्याग्दीमा दर्ता गर्नु
पर्ने र दर्ता प्रकृया देखी लिएर सुरुका सम्पूर्ण प्रकृया पुरा गर्नको
लागि म्याग्दीमा सुबाश श्रेष्ठको अध्यक्षतामा एक समिती निर्माण भई दर्ता
प्रकृयाका कामहरु तिब्र रुपमा अगाडि बढाइ रहेको छ । त्यस्तै बिभिन्न प्रशासानीक
काम गर्न सजिलो बनाउनको लागि हाम्रो यस सस्थाको म्याग्दीमा आफ्नै कार्यालय
खोल्नको लागि यस सस्थाका संयोजक श्री प्रकाश पुन ज्यू बेनी स्थित आफ्नो
घर को एक तला ५ बर्ष को लागि निशुल्क प्रदान गर्नु भएको छ । साथै यस्
मोनाको अन्तरराष्ट्रिय तदर्स समिती गठन देखी बेनी र काठमाडौंमा मोनाले
आयोजना गरेको म्याग्दी का म्यागसेसे बिजेता महाबिर पुन ज्यू को सम्मानमा
आयोजित भेटघाट कार्यक्रमको खर्चको लागि श्री प्रकाश पुन ज्यू बाट
२४६०० , यस मोनाका सदस्य चक्र थापा ज्यू बाट २१८०० र मोनाका सचिब शिव
कुमार बरुवाल बाट १२८०० सहयोग प्रदान भएको छ ।
हामी लाई प्राप्त जानकारी अनुसार
अहिले म्याग्देली हरु पुगेको सबै देश हरुमा कुनै न कुनै नामको म्याग्देली
संस्था निर्माण भएको छ संस्था जुना सुकै नाम बाट निर्माण भए पनि त्यो
म्याग्दी र म्याग्देलीको लागि केही गर्न को लागि निर्माण भएको हो त्यसैले
हामीले यहाँ हरु लाई के अनुरोध गर्न चाहन्छौ भने हामीले निर्माण गरेका
यि सबै म्याग्देली संस्था लाई म्याग्देलीहरुको एउटा सिङ्गो संस्था
मोनामा एकिक्रित गरौ र हरेक देशमा मोनाको राष्ट्रिय समितीको रुपमा त्यो
संस्था लाई निर्माण गरौ ।
यदी तपाईं हामीहरु संसार भर छरिएर
रहेका म्याग्देलीहरु एक भयौ भने अबश्य पनि हामीले हाम्रो जिल्ला लाई
नेपालको नमुना जिल्ला बनाउने छौ हामी म्याग्देली हरु संसार को जुन कुनामा
रहेपनी म्याग्दी बासी भनेर गर्बका साथ रहन सक्नेछौ ।
अन्त्यमा यस अभियानमा यहाँ हरु पूर्ण
सहयोगको आसा राख्दै जो जस्ले यो हाम्रो अनुरोध पढनु हुन्छ उहाहरु ले यस
अनुरोध लाई आफु संग संपर्कमा रहेका सम्पूर्ण म्याग्देलीहरु लाई जानकारी
गराउनु होला र यस
म्याग्दी प्रबासी नेपाली संघ अन्तरराष्ट्रिय समन्वय तदर्स समितीको (
मोना) को अबधारणा वा अभियानमा आफ्ना कुनै सुझाब सल्लाहा सहमति , असहमती
भएमा कृपया बिना हिच किचाहट मोनाको सचिबालयको इमेल
mona_icc@yahoo.com वा यस वेब साइटको
ईमेल वा सम्बिन्धित क्षेत्रको मोनाका सदस्य हरु लाई संपर्क गर्नु हुन
अनुरोध गर्दछौ ।
-
प्रकाश पुन
शिव कुमार बरुवाल
-
संयोजक
सचिब
Tel :852 9258 5847
0032498145803
म्याग्दी प्रबासी नेपाली
संघ (मोना )अन्तरराष्ट्रिय समन्वय परिषद तदर्स समिती
E-mail :
mona_icc@yahoo.com